प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि शुक्रबार सुनुवाई नहुने भएको छ।
सभामुख सापकोटाविरुद्धको मुद्दाको शुक्रबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको अदालतले जनाएको छ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो।
गत फागुनपछि अहिले पुनः सापकोटाविरुद्धको मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको छ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न रहेको आरोपको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन छ।
3
Shares
प्रतिक्रिया