राजनीति


आफ्ना विदेशमन्त्रीमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि इरानले भन्योः अमेरिका डरायो

आफ्ना विदेशमन्त्रीमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि इरानले भन्योः अमेरिका डरायो

नेपालखबर
साउन १६, २०७६ बिहिबार ९:७,

अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेन्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा फैल्याएको उल्लेख छ।

वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ। अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी विरुद्ध पनि प्रतिबन्धहरु लगाएको थियो।

इरान र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा तनाबको स्थिति रहेकै बेला अमेरिकाको नयाँ घोषणा सार्वजनिक भएको हो।

Image result for Mohammad Javad Zarif and runahi

जरिफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रुपमा नभई इरानी “प्रपोगन्डा” मन्त्रीका रुपमा काम गरिरहेको बताएको ह्वाइट हाउसका एक उच्च पदाधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

यसैबीच इरानी राष्ट्रपति हसन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत रहेको बताएका छन्। उनले आफ्ना विदेशमन्त्री जरिफबाट अमेरिका भयभित र त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताउँदै पछिल्ला घटनाक्रमले इरानी भनाईको प्रतिवाद गर्न सक्ने सामथ्र्य अमेरिकाले गुमाएको बताए।

अमेरिकाको न्यूयोर्कमा विदेशी सञ्चार माध्यमलाई विदेशमन्त्री जरिफले अन्तर्वार्ताहरु दिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति रौहानीले एक टेलिभिजन अन्तर्वार्तामा भनेः अमेरिकीहरु हाम्रा विदेशमन्त्रीका अन्तर्वार्ताबाट डराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .