राजनीति


भदौ २६ पछिका त्रुटिपूर्ण निर्णय सच्याउन प्रधानमन्त्री तयार, दुवै अध्यक्षका प्रस्ताव फिर्ता हुने

भदौ २६ पछिका त्रुटिपूर्ण निर्णय सच्याउन प्रधानमन्त्री तयार, दुवै अध्यक्षका प्रस्ताव फिर्ता हुने

नेपालखबर
पुस १, २०७७ बुधबार ११:१३,

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २६ गते पछि गरेका सबै निर्णय फिर्ता लिन सहमत भएका छन्।

आज महासचिव बिष्णु पौडेलसहित अध्यक्ष ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सो सहमति जुटेको प्रधानमन्त्री ओली निकट एक नेताले नेपालखबरलाई बताए।

‘सहमतिमा भदौ २६ पछि गरिएका सबै त्रुटीपूर्ण निर्णय फिर्ता लिन प्रधानमन्त्री ओली तयार हुनुभयो,’ ती नेताले भने, ‘नयाँ समझदारीपछि कार्यकारी अध्यक्षले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन र ओलीले मंसिर १३ गते ल्याएको सो प्रतिवेदनको जवाफ समेत फिर्ता लिने समझदारी बनेको छ।’

भदौ २६ गते बसेको स्थायी समिति बैठकले पार्टीका दुई अध्यक्षको जिम्मेवारी स्पष्ट पारेको थियो।

सो बैठकले प्रधानमन्त्री ओली सरकार सञ्चालनमा केन्द्रित हुने र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारीसहित पार्टी सञ्चालन गर्ने सहमति भएको थियो।

त्यसैगरी सरकारले महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीले पार्टीसँग समन्वय गर्ने पनि सो बैठकले निर्णय गरेको थियो।

मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर सबैतर्फबाट आलोचित बनेका प्रधानमन्त्री ओली बुधबार तय गरिएको स्थायी समिति बैठकमा उपस्थित नभएपछि बैठक तीन घण्टा ढिलो सुरु भएको थियो।

उनले प्रचण्डले आफूमाथि लगाएका आरोपसहितको प्रस्तावमाथि छलफल हुने भए आफू बैठकमा उपस्थित नहुने अडान लिएपछि बैठक तीन घण्टा ढिला भएको हो।

तर, पछि महासचिव सहितको नेताहरुको समन्वयमा फेरि ओली र प्रचण्डबीच भएको छलफलमा सो सहमति जुटेर स्थायी समिति बैठक समेत सुचारु भएको ओलीनिकट ती नेताले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad