कारोबार


एनआईबीएल एस क्यापिटलले सुरु गर्‍याे निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्ता

एनआईबीएल एस क्यापिटलले सुरु गर्‍याे निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्ता

नेपालखबर
पुस १, २०७७ बुधबार ११:१,

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबीएल एस क्याप्टिल लिमिटेडले आज (पुष १) देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको छ।

यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मितिबाट एनआईबीएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि. को देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो सेर पनि दर्ता गर्न सकिनेछ।

यसका अतिरिक्त एनआईबीएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो सेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ।

एनआईबीएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आप्mनो प्रतिकृया तथा सुझाव दिई सेवाप्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहज रुपमा आप्mनो ग्राहकवर्गहरुलाई भरपर्दाे सेवाहरु प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।

थप जानकारीका लागि कार्यलयको आधिकारीक वेवसाइट मा जान आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad