प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने कदमलाई सत्तारुढ नेकपाकै शीर्ष नेताहरुले आपत्तिजनक बताएका छन्।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय नेताहरु उनकै निवास खुमलटारमा भेला भई गरेको छलफलमा नेताहरुले सो निष्कर्ष निकालेका हुन्।
सो भेलामा प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।
‘यो अध्यादेश ल्याउनु अत्यन्त आपत्तिजनक छ, पार्टीमा कुनै परामर्श, विमर्श र खबर समेत नगरी यो अध्यादेश ल्याएको विषयलाई हामीले गम्भीर रुपमा लिइएको छ,’ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालखबरसँग भने, ‘यो विषयमा भोलिको स्थायी समिति बैठकमा गम्भीररुपमा छलफल हुन्छ।’
यो पनिः
राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी
प्रतिपक्षी नेता र सभामुखविनै संवैधानिक परिषद् बैठक बालुवाटारमा
Shares

प्रतिक्रिया