राजनीति


प्रधानमन्त्रीले अप्रत्यासित रुपमा अध्यादेश ल्याउनु गलत : श्रेष्ठ

प्रधानमन्त्रीले अप्रत्यासित रुपमा अध्यादेश ल्याउनु गलत : श्रेष्ठ

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १२:५८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसदको नियमित बैठक बोलाउन समयमा अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।

मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्दै अध्यादेश ल्याएपछि प्रवक्ता श्रेष्ठले आफ्नो निजी विचार भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले पार्टी स्थायी समिति बैठक चलिरहेको, संसद अधिवेशन बोलाउने समय नजिक आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्।

याे पनि : प्रचण्ड–नेपाल पक्षको निष्कर्ष : अध्यादेश आपत्तिजनक छ

उनले अध्यादेश तत्काल फिर्ता गर्न समेत माग गरेका छन्। ‘अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ। यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत छ। तसर्थ अध्यादेश तत्काल फिर्ता लिनुपर्दछ’, प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका छन्।

प्रवक्ता श्रेष्ठले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको र जारी गरिएपछि  पनि कुनै छलफल नभएको प्रस्ट पारेका छन्।

उनले सरकारले अहिले जारी गरेको अध्यादेश सारतः यसअघि जारी गरेर सर्वत्र विरोधपछि फिर्ता गरिएकै अध्यादेश भएको बताएका छन्। 

सरकारले पुनः संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको छ ।यो सारत: यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश...

Posted by Narayan Kaji Shrestha on Tuesday, December 15, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad