ad ad

राजनीति


नेकपा विवाद : ओली–प्रचण्डलाई सहमतिका लागि थप तीन दिन समय

नेकपा विवाद : ओली–प्रचण्डलाई सहमतिका लागि थप तीन दिन समय

सागर न्यौपाने
मंसिर २८, २०७७ आइतबार ९:२९,

दुई अध्यक्षबीच सहमतिका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक तीन दिन स्थगित गरिएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठक पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव परित गर्दै बैठक तीन दिन स्थगित भएको हो। अर्को बैठक पुस १ गते दिउँसो बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मंसिर २१ गतेदेखि सुरु भएको बैठक अध्यक्षद्वयका प्रतिवेदन र पत्रहरुको अध्ययनका लागि भन्दै एक हप्ता स्थगित गरिएको थियो।

२१ गतेको बैठकमा अनुपस्थित अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा भने उपस्थित भएका थिए।

याे पनि : शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी समिति स्थगित, अर्को बैठक पुस १ गते

बैठकमा सहभागी एक स्थायी समिति सदस्यले दुई अध्यक्षबीच सहमतिकाे वातावरण बनाउनका लागि बैठक तीन दिन स्थगित गरिएको बताए। उनले यसबीचमा सहमतिका लागि अधिकतम् प्रयास गरिने बताए। ‘अध्यक्षद्वयबीच सहमतिका लागि बैठक तीन दिन स्थगित गरिएको हो’, नेपालखबरसँग ती नेताले भने, ‘यो अवधिमा सहमतिका लागि अधिकतम् प्रयास हुनेछ।’

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते सचिवालयमा पेश गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदन र अध्यक्ष ओलीले मंसिर १३ गते पेश गरेको सो प्रतिवेदनको जवाफसहित अन्य पत्रहरुबारे छलफल गर्न मंसिर २१ गतेदेखि स्थायी समिति बैठक सुरु भएको हो। उक्त बैठकमा सबै सदस्यहरुलाई  राजनीतिक प्रतिवेदन र पत्रहरु वितरण गरिएको थियो।

याे पनि : प्रचण्डलाई प्रस्ताव : स्थायी समिति बैठक स्थगित गरौं, दुबै प्रतिवेदनमाथि सचिवालयमा छलफल गरौं

पछिल्लो समय प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सहमति कायम गराउन प्रयास पनि भइरहेको छ। शनिबार र आइतबार ओलीनिकट नेताहरुले प्रचण्डलाई भेटेर स्थायी समिति बैठकमा पेश भएका प्रतिवेदन फिर्ता गर्न, स्थायी समिति बैठक स्थगित गरेर सचिवालयबाटै फेरि सहमति खोज्न प्रस्ताव गरेका थिए। जुन प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेको उनीनिकट एक स्थायी समिति सदस्यले नेपालखबरलाई जानकारी दिए।

पुस १ गतेको बैठकअघि दुई अध्यक्षबीच सहमतिको प्रयास गरिने एक नेताले बताए। कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका बहुमत नेताहरु स्थायी समिति बैठक हुँदै केन्द्रीय समितिसम्म दुबै प्रतिवेदनमाथि छलफल गराउने योजनामा छन्। प्रधानमन्त्री ओली निकट नेताहरु भने सचिवालयबाटै समस्याको समधान होस् भन्ने चाहन्छन्।

 याे पनि :  प्रचण्डले भने : कमानसिंह र हाइड्रोको सेयर विवादमा श्रेष्ठलाई अनावश्यक रुपमा मुछियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .