ad ad

कारोबार


इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थद्वारा अनलाइन अपोइन्टमेन्ट सेवा सुरु

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थद्वारा अनलाइन अपोइन्टमेन्ट सेवा सुरु

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ९:३८,

नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात गरेको छ।

कोजेन्ट हेल्थले सुरू गरेको इ–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत् विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गर्नुका साथै इसेवामार्फत् शुल्कसमेत भुक्तान गर्न सक्नेछन्।

कोजेन्ट हेल्थका प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले सेवा शुभारम्भको घोषणा गर्दै भने, ‘स्वास्थ्य सूचना प्रविधि र डिजिटल वित्तीय प्रविधिलाई एकीकृत गर्दै बनाइएको यस नवीनतम् सेवाले नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने दिशामा अग्रसर हुने विश्वास लिएका छौँ।’

कम्पनीका अनुसार यो सेवाको शुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने मात्र नभई इसेवाका ३५ लाख बढी सक्रिय प्रयोगकर्ता र यसका एजेन्ट साझेदारहरूले देशभर सेवा प्रदान गरिरहेका एक करोडभन्दा बढी प्रयोगकर्तामा विस्तार गर्ने काममा सहयोग पुर्याउँछ।

अहिलेको कोभिड १९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको अस्पताल र चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न र लाइन बस्दा हुन सक्ने जोखिम र झन्झटबिना नै उपचार तथा परामर्श लिन सकिन्छ। हाल निदान अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र बीपी कोइराला नेत्र विज्ञान केन्द्रजस्ता प्रतिष्ठित निजी स्वास्थ्य संस्था यस प्लेटफर्ममा आबद्ध भइसकेका छन् भने दर्जनौं अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा शुरू हुने क्रममा छ।

कोजेन्ट हेल्थ प्रा.लि.स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो। कोजेन्ट हेल्थले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य ंसंस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माण गर्ने कार्य गर्दछ। कोजेन्ट हेल्थ र इसेवाद्धारानिर्मित इ–अपोइन्टमेन्ट्स र क्यूआर पेमेन्ट लगायत कोजेन्ट इएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका १०० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .