सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केही मिनेट बसेर स्थगित भएको छ।
आइतबार दिउँसो प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको बैठक पार्टी केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधनप्रति शोक–प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा सानो उमेरदेखि नै निरन्तर संघर्षरत लामाको योगदानलाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अपण गर्यो र शोक सन्तप्त परिवारजनमा समावेदन व्यक्त गर् यो’, प्रवक्ता श्रेष्ठले भने।
प्रवक्ता श्रेष्ठले अर्को बैठक पुस १ गते बस्ने जानकारी दिए।
प्रतिक्रिया