ad ad

खेल


१७औँ पल्सर स्पोर्ट्स अवार्ड पुस २८ गते हुने, कुन विधामा के उपहार?

१७औँ पल्सर स्पोर्ट्स अवार्ड पुस २८ गते हुने, कुन विधामा के उपहार?

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ८:२१,

यस वर्षको १७औँ पल्सर स्पोर्ट्स अवार्ड पुस २८ गते हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्चले कोरोना कहरकै बीच पनि यो वर्ष पनि उक्त अवार्ड वितरण गर्ने भएको हो।

२०५२ सालमा स्थापना भएको मञ्चले यो अवार्ड २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको छ। २०७२ मा भूकम्पको कारण अवार्ड वितरण कार्यक्रम रोकिएको थियो।

यस वर्ष भने कोरोना संक्रमणको कारण भर्चुअल माध्यमबाटै अवार्ड वितरण गर्ने मञ्चले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

मञ्चका अनुसार पल्सर स्पोर्ट्स अवार्ड २०७६ यो वर्ष १० विधामा प्रदान गरिनेछ। यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष/महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी नौ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मानित गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए।

No description available.

उनका अनुसार वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ। यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको छ।

त्यस्तै, लाइफटाइम, पारा र टिम अफ दी इयर र स्पेसल अवार्ड विजेताको भने कार्यक्रमकै दिन घोषणा गरिने ओलीले बताए।

पहिलेजस्तै वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित उपहार प्रदान गरिने मञ्चले जनाएको छ।

उक्त कार्यक्रमका लागि मञ्चले अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्रको अध्यक्षतामा अवार्ड अवार्ड मूल आयोजक समिति गठन गरिसकेको जनाएको छ। त्यस्तै मञ्चकै सचिव गोविन्द रेग्मीको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको र अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .