सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ।
मंसिर २१ गतेबाट सुरु भएको नेकपा स्थायी समितिको दोस्रो दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी समितिका सदस्यहरु सहभागी छन्।
मंसिर २१ गतेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका कारण उनलाई सहभागी गराउन बैठकलाई आजसम्म स्थगित गरिएको थियो।
आजको बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाउने कार्यसूची रहेको जनाइएको छ। पूर्वसांसद र पूर्वराजदूत समेत रहेका लामाको कोरोना संक्रमणबाट मंसिर २४ गते निधन भएको थियो।
यसअघि २१ गतेको बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र आरोप पत्रहरु स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको थियो।

प्रतिक्रिया