यी दुई देशबीच कस्मिरको विषयमा विवाद छ।
तर कोरोना भाइरसविरुद्धको खोप सस्तो हुनुपर्छ भन्ने विषयमा भने भारत र पाकिस्तानको एक मत देखिएको छ।
भारतले दक्षिण अफ्रिकासँग मिलेर कोरोनाविरुद्धको भ्याक्सिनको पेटेन्ट अधिकारमा अस्थायी बदलाव ल्याउन विश्व व्यापार संगठन डब्लूटीओमा एक प्रस्ताव राखेको छ।
यदी यो प्रस्ताव स्वीकार भए कोरोनाविरुद्धको खोपको मूल्यमा कमी आउनेछ। पाकिस्तानले भारतको यस प्रस्तावलाई स्वीकार गरेको छ।
भारत र पाकिस्तानमा कोरोनाले एक करोडभन्दा बढी मानिस संक्रमित गराएको छ। भारतमा मात्र एक लाख ४३ हजारभन्दा बढीको ज्यान गएको छ। पाकिस्तानमा पनि हजारौंको ज्यान गएको छ।
यतिबेला भारत र पाकिस्तान आफ्नो नागरिकको ज्यान जोगाउन अमेरिका र युरोपमा बनेको खोपहरु ल्याउन खोजिरहेका छन्।
पाकिस्तानको विदेश मन्त्रालयले भारतको प्रस्तावलाई स्वीकार गर्दै भनेको छ,‘महामारीको सुरुवातदेखि नै पाकिस्तानले कोरोनाविरुद्धको खोप तयार गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राविधिक विशेषज्ञता र संसाधनहरू सँगै ल्याउन आवश्यक छ भन्ने पक्षमा वकालत गरेको छ।’
भारतका अनुसार पेटेन्ट अधिकारमा अस्थायी बदलाव ल्याइए सस्तो कोरोनाको खोप बनाउन अनुमति मिल्नेछ। एजेन्सी
Shares

प्रतिक्रिया