राजनीति


नेकपा विवाद : स्थायी कमिटी बैठक बालुवाटारमा राखिए अध्यक्ष ओली सहभागी हुने

नेकपा विवाद : स्थायी कमिटी बैठक बालुवाटारमा राखिए अध्यक्ष ओली सहभागी हुने

नेपालखबर
मंसिर २८, २०७७ आइतबार २:५९,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटीको बैठक बालुवाटारमा राखिए अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्।

चिकित्सककाे सुझावअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई ध्यानमा राख्दै बालुवाटारमै बैठक राख्नुपर्नेमा जोड दिइएको हाे। 

स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बालुवाटारमा बैठक राखिएक अध्यक्ष तथा प्रधानमन्त्री पनि सहभागी हुने बताए।

’बालुवाटारमा बैठक बसे प्रधानमन्त्री पनि बैठकमा सहभागी हुनु हुनेछ’ गुरुङले नेपालखबरसँग भने, ’स्वास्थ्यका कारण डक्टरले पनि बालुवाटारमै बैठक राख्न सुझाव दिएका छन्। यसअघि पनि पटकपटक बालुवाटारमै बैठक हुँदै आएको हो।’

यही मंसिर २१ गते बसेकाे स्थायी कमिटीको बैठकले आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय गरेको थियो।

एक साताअघि भएको बैठकमा प्रधानमन्त्री ओली आउने भनेपछि पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। तर अन्तत:  त्यस बैठकमा ओली उपस्थित भएनन्। पत्र पठाएर सहभागिता जनाए। 

गुरुङका अनुसार विभिन्न आरोप लगाइएका प्रस्तावमा नभई पार्टीकाे आन्तरिक समस्याबारे बैठकमा छलफल हुने एजेन्डा बनाइएपछि ओली बैठकमा सहभागी हुन सकारात्मक देखिएका हुन्।

तर बैठकमा दुवै अध्यक्षले सचिवालयमा प्रस्तुत गरेका राजनीतिक प्रस्ताव तथा एकले अर्कालाई लेखेका चिठी स्थायी कमिटीका सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ।

मंसिर २१ गतेको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दुवै प्रस्ताव सन्दर्भ सामग्रीका रुपमा रहे पनि मुख्य एजेन्डा हुन नसक्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad