समाज


तेह्रथुममा प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका २ जनासहित ३ बालिकाको मृत्यु

तेह्रथुममा प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका २ जनासहित ३ बालिकाको मृत्यु

नेपालखबर
मंसिर २८, २०७७ आइतबार २:३९,

तेह्रथुममा तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ।

तेह्रथुम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोमल ठाकुरका अनुसार पोखरीमा डुबेर छथर गाउँपालिका-६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू तथा ८ वर्षीया सुहानाको मृत्यु भएको हो।

रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छाेरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छाेरी हुन्। 

अहिले पाेस्टमार्टमका लागि शव जिल्ला अस्पताल लाने तयारी भइरहेकाे प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए। 

‘एक जना मृतककी आमा धरानबाट आउँदै हुनुहुन्छ,’ उनले भने, ‘उहाँ आइपुगेपछि तीनै शव पोस्टमार्टमका लागि अस्पताल लगिनेछ।’

उनका अनुसार घटना शनिबार साँझकाे हाे। त्यस दिन बिहान खेल्न घरबाट निस्केका उनीहरुलाई खेतीपातीमा व्यस्त अभिभावकले दिउँसाे १२-१ बजेतिर कता गए भनेर खाेज्न थाले। त्यस क्रममा शनिबार साँझ उनीहरु स्थानीय प्रगति कृषक समूहले बनाएकाे पाेखरीमा मृत फेला परेका हुन्। 

‘पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको भनेर वडाध्यक्ष टेकराज आङखेवाले हामीलाई शनिबार साँझ ६ः४० बजेतिर खबर गर्नुभयो,’ प्रहरी निरीक्षक ठाकुरले आइतबार बिहान नेपालखबरसँग भने, ‘त्यसपछि प्रहरी टोली  घटनास्थल  गएकाे हाे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad