ad ad

राजनीति


सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट होऔँ

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट होऔँ

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ६:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

समसामयिक विषयमा छलफल गर्न भनी आह्वान गरिएको सो बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा सुरु भएको हो।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिकले दलहरूको बैठक बालुवाटारमा सुरू भएको छ ।

‘प्रधानमन्त्रीले बैठकको सुरूमै सहभागी नेताहरूलाई स्वागत गर्नुहुँदै आजको छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पार्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्, ‘उहाँको जोड कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ।’

pm sarbadaliya meet dec8 1

संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई सो बैठकमा आह्वान गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

राजतन्त्र पुनस्र्थापना र नेपाललाई हिन्दू राष्ट्रको रुपमा पुनस्र्थापना गर्नुपर्ने माग गर्दै केहि दिनयता देशका बिभिन्न ठाउँमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीबाट यो बैठक आह्वान गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .