प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ।
मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
ती मन्त्रीका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस भएको हो।
यस्तै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले मंगलबार बोलाएको सर्वदलीय बैठक, राजवादीहरुको आन्दोलन लगायतका विषयमा पनि छलफल भएको ती मन्त्रीले जानकारी दिए।
3
Shares
प्रतिक्रिया