ad ad

राजनीति


विपक्षीले बहिष्कार गरेको चुनावमा जित निकालेपछि भेनेजुयलाको सबै राजनीतिक अंगमा मादुरोको बर्चस्व

विपक्षीले बहिष्कार गरेको चुनावमा जित निकालेपछि भेनेजुयलाको सबै राजनीतिक अंगमा मादुरोको बर्चस्व

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १३:२४,

विपक्षी पार्टीले बहिष्कार गरेको निर्वाचनमा सत्ताधारी पार्टी र त्यसका सहयोगीले जित हात पारेपछि देशको सबै राजनीतिक अंगमा मादुरोको बर्चस्व हुने भएको छ।

राष्ट्रिय विधानसभाको निर्वाचनमा मादुरो र उनको वामपन्थी गठबन्धनले ८० प्रतिशत मतगणना सकिँदा ६७ दशमलव ७ प्रतिशत मत प्राप्त गरेको नेसनल इलेक्टोरल काउन्सिललाई उदृग गर्दै बीबीसीले जनाएको छ।

यसअघि भेनेजुयलामा विपक्षीले राष्ट्रिय विधानसभामा मात्र बर्चस्व कायम गरेको थियो। तर हालको निर्वाचनसँगै विधानसभामा पनि मादुरोकै पार्टीको बर्चस्व हुने भएको छ।

विपक्षी नेता जुवान गोइदोले निर्वाचन बहिष्कारको आह्वान गरेका थिए। तर निर्वाचन बहिष्कारको आह्वान नमानेर निर्वाचनमा होमिएका अन्य विपक्षी गठबन्धनले १८ प्रतिशत भोट पाएको बताइएको छ।

राष्ट्रिय विधानसभा संसदको अंग हो जहाँ कानुनहरु पारित गरिन्छ र सरकारी बजेटलाई अनुमति दिइन्छ।

Donald J. Trump Recognizes Juan Guaido as the Interim President of  Venezuela | U.S. Embassy in Uruguayजुआन गोइदो

विपक्षी नेता जुआन गोइदो राष्ट्रपति निकोलास मादुरोको कट्टर आलोचक मानिन्छन्। सन् २०१८ को निर्वाचनमा धाँधली गरेर मादुरो राष्ट्रपतिमा पुनः निर्वाचित भएको भन्दै गोइदोले सन् २०१९ मा विधानसभाको सभामुख भएको हिसाबमा आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

अमेरिका लगायत पश्चिमा राष्ट्रले गोइदोलाई नै राष्ट्रपतिको दर्जा दिएपछि त्यहाँ राजनीतिक संकट निम्तिएको थियो।

विपक्षीहरुले मादुरोविरुद्ध आन्दोलन चर्काएका थिए। तर सेना र प्रहरीको मद्दतमा मादुरोले त्यहाँको प्रदर्शनलाई नियन्त्रणमा लिएका थिए।

चीन, रुस र मेक्सिकोले भने मादुरोलाई नै राष्ट्रपति मान्ने बताएका थिए। त्यसबेला भेनेजुयलाले अमेरिकासँगको कुटनीतिक सम्बन्धलाई नै समाप्त गरेको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .