ad ad

राजनीति


आज दिउँसो नेकपा सचिवालय बैठक, तर ओली जाने कि नजाने अझै अनिश्चित

आज दिउँसो नेकपा सचिवालय बैठक, तर ओली जाने कि नजाने अझै अनिश्चित

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ३:२५,

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकै कारण गत मंगलबार बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेर बसेर स्थगित भयो। र, पुनः अर्काे बैठक आज (शनिबार) दिउँसो १ बजे बस्ने निर्णय गरियो।

तर आजको बैठकमा पनि ओली जाने कि नजाने भन्ने कुरा बिहान करिब ९ बजेसम्म अनिश्चित नै छ।

मंगलबार ओलीको कुर्सी खाली नै रहेको नेकपा सचिवालय बैठकको तस्बिर सामाजिक सुञ्जालमा सार्वजनिक गर्दै ‘मंसिर २० गते १ बजे सचिवालय बैठक बस्ने !’ लेखेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई शनिबार बिहान करिब ९ बजेतिर आजको बैठकमा अध्यक्ष ओली जान्छन् कि जाँदैनन् भनेर नेपालखबरले जिज्ञासा राख्दा अनभिज्ञता प्रकट गरे।

suryathabai

नेकपाका केन्द्रीय सदस्य थापाले भने, ‘अहिले त म घरमै छु, थाहा भएन, दिउँसो १ बजेतिरै फोन गर्नुस् न।’

याे पनि :  शनिबारको सचिवालय बैठकअघि ओली र प्रचण्ड पक्षका यस्ता छन् आआफ्नै तयारी र रणनीति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .