राजनीति


कर्तव्यमा इमान्दार नहुने व्यक्ति प्रहरी हुन सक्दैन : आईजीपी थापा

कर्तव्यमा इमान्दार नहुने व्यक्ति प्रहरी हुन सक्दैन : आईजीपी थापा

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १२:३८,

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले कर्तव्य पालनामा इमान्दार नहुने व्यक्ति प्रहरी हुन नसक्ने बताएका छन्। बिहीबार बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उनले इमान्दारीताका साथ कर्तव्य पालनामा लाग्न निर्देशन दिएका हुन्।

१० वटा जिल्ला प्रहरी कार्यालयका प्रमुख र अपराध अनुसन्धान शाखा प्रमुख, प्रदेश ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गणका प्रमुख तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत अधिकृत तथा जवानहरुलाई महानिरीक्षक थापाले निर्देशन दिएका हुन्।

निर्देशन सम्बोधनका क्रममा आईजीपी थापाले भने, ‘पुर्ण व्यवसायीक र ईमान्दार चरित्र निर्वाह गर्न नसक्ने व्यक्ति प्रहरी हुन सक्दैन, हरेक प्रहरी कर्मचारीले आ(आफ्नो जिम्मेवारी पालना गर्ने क्रममा व्यक्तिगत हित र स्वास्थलाई प्राथमिकतामा नराखी सामाजिक हित र सरोकारका बिषयमा संवेदनशील हुनुपर्छ।’

बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीको आचरण व्यवहार सुदृढीकरण, अनुगमन तथा मूल्यांकन प्रणालीको सुधारको लागि गरेका कार्यहरुको प्रशंसा गरे।

प्रहरी प्रधान कार्यालयले मातहतका सबै प्रहरी कार्यालय र कर्मचारीको नियमित अनुगमन गरिरहेको भन्दै सेवा प्रवाह उत्कृष्ट र समयानुकुल हुँदै गएको दाबी थापाले गरे।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले बागमती प्रदेश प्रहरी कार्यालयले सम्पादन गरेका महत्वपूर्ण काम, योजना तथा भावी रणनिती लगाएतका बिषय समेटेर महानिरीक्षक समक्ष प्रस्तुत गरेका थिए।

यसै अवसरमा प्रहरी महानिरीक्षक थापाले बागमती प्रदेश प्रहरी कार्यालय तथा परिसरमा रहेका प्रहरीका बिभिन्न कार्यालयहरुको निरीक्षण तथा अवलोकन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी गण हेटौंडाको निरीक्षण गरेका थापाले बिहीबार नै मकवानपुरमा रहेका बिभिन्न धार्मिक तथा ऐतिहासीक स्थलहरुको अवलोकन समेत गरेको बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी रोशन थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad