हङकङमा सरकारविरद्ध प्रदर्शन गर्ने जोसुवा वोङसहित तीन अभियन्तालाई जेल सजाय

हङकङमा सरकारविरद्ध प्रदर्शन गर्ने जोसुवा वोङसहित तीन अभियन्तालाई जेल सजाय

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १२:४५,

बुधबार अदालतले जोसुवा वोङ, एग्नेस चो र इभान लामलाई अवैधानिक भेलामा सहभागी भएकोमा दोषी ठहर गर्दै जेल सजाय तोकिदिएको हो।

जोसुवा वोङलाई साढे १३ महिना जेल सजाय हुनेछ भने इभान लामलाई ७ महिना र एग्नेस चोलाई १० महिनाको जेल सजाय तोकिएको छ।

प्रहरी नियन्त्रणमा रहेका जोसुवाले गत हप्तामात्र आफूहरु हङकङको स्वतन्त्रताका लागि लडिरहने र बेइजिङ सामु आत्मसमर्पण नगर्ने बताएका थिए।

सन् २०१९ मा हङकङमा महिनौं लामो सरकारविरद्धको प्रदर्शन भएको थियो। सो क्रममा हङकङलाई चीनबाट अलग्याउने नाराहरु लगाइएको थियो भने मुख्य क्षेत्र चीनको झण्डा जलाइएको थियो।

ती कार्यहरुमा यी तिनै जना सहभागी भएका थिए।

गतवर्ष हङकङको प्रहरी कार्यालयमा तोडफोड समेत भएको थियो। यसैवर्ष हङकङमा मुख्य क्षेत्र चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएपछि गतवर्ष प्रदर्शनमा उत्रिएका हङकङका नागरिकहरु ससंकित बनेका छन्।

सरकारविरुद्ध प्रदर्शन गर्नेहरु पक्राउ पर्न थालेपछि केही मानिसहरु ताइवान समेत भाग्न थालेका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .