ad ad

राजनीति


नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ११:३३,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेमाथि तनहुँमा दुर्व्यवहार र गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार एक विज्ञप्ति प्रकाशित गरी सभापति देउवाले सो घटनालाई निन्दनीय भन्दैसरकारको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

तनहुँ जिल्लाको ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको पौडेलले केहीबेर अघि फेसबुकमार्फत जानकारी गराएका थिए।

पुल उद्घाटन गर्ने क्रममा सत्तारुढ नेकपाका कार्यकर्ताहरुले अवरोध गर्ने प्रयास गर्दा भएको झडपपछि नेता पौडेल र कांग्रेस तनहुँका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई नियन्त्रणमा लिएको थियो। तनहुँमा अहिले निषेधाज्ञा जारी गरिएको छ।

कांग्रेस सभापति देउवाले पौडेललाई तत्काल ‘रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न’ चेतावनी दिएका छन्।

‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ।

गृहजिल्ला पुगेका कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .