ad ad

राजनीति


आज पनि नेकपा सचिवालय बैठक बस्दै, तर प्रधानमन्त्री ओली भने सहभागी नहुने!

 आज पनि नेकपा सचिवालय बैठक बस्दै, तर प्रधानमन्त्री ओली भने सहभागी नहुने!

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ४:२५,

सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ। बुधबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

तर, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुने सम्भावना नरहेको नेकपा स्रोतले जनाएको छ।

मंगलबारको सचिवालय बैठकमै ओलीले आजको बैठकमा सहभागी नहुने संकेत गरेका थिए। ओलीको असहमतिको बावजुध आज बैठक बस्ने निर्णय नेकपा सचिवालयले हिजै गरेको हो। एक अर्कालाई आरोप प्रत्यारोप गर्दै बैठकमा दुई अध्यक्षका छुट्टाछुट्दै प्रस्ताव पेस भएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

मंगलबारको बैठकमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा छलफल हुन नसक्ने बताएपछि नेताहरुबीच चर्काचर्की परेको थियो। सचिवालयका अधिकांश सदस्यले अध्यक्षद्वयका प्रस्तावमा छलफल हुनुपर्ने अडान लिएपछि रुष्ट बनेका ओलीले सचिवालयका आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन्।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा प्रधानमन्त्री सहभागी हुने नहुने विषय आफ्नो जानकारीमा नभएको बताए। ‘बैठकमा प्रधानमन्त्री आउने/नआउने विषयमा मलाई जानकारी छैन,’ थापाले बुधबार बिहान नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .