ad ad

कला


बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ४:२४,

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ।

लोकसभा सांसदसमेत रहेका ६४ वर्षीय देओल हाल आइसोलेसनमा बसेका छन्। स्वास्थ्य अवस्था सामान्य रहेकाे उनले बताएका छन्।

साथै उनले केही समययता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा आवश्यकताअनुसार कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

देओल केही दिनदेखि हिमाचल प्रदेशको कुल्ली क्षेत्रमा बसेका छन्। हातको शल्यक्रियापछि उनी कुल्लीस्थित फ्राम हाउसमा आराम गर्न गएका थिए।

मुम्बई फर्किनुअघि पीसीआर परीक्षण गराउँदा अभिनेता देओलमा काेराेना संक्रमण पुष्टि भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .