काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा, जुलुशलगायतका भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको र सभा, जुलुश जस्ता गतिविधिहरुले अवस्था थप भयावह बन्न सक्ने भएकोले भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले सबैसँग आग्रह गरेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार प्रकाशन गरेको सूचनामा भिडभाडजन्य गतिविधि नगर्न र संक्रमण रोकथाममा मद्धत पुर्याउन आग्रह गरिएको छ।
सो सम्बन्धी गतिविधि गरे गराइएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
प्रतिक्रिया