ad ad

राजनीति


भारतसँगको तनावबीच चीन र पाकिस्तानबीच भयो यस्तो सैन्य सम्झौता..

भारतसँगको तनावबीच चीन र पाकिस्तानबीच भयो यस्तो सैन्य सम्झौता..

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ९:०,

चीन र पाकिस्तानबीच पहिले नै घनिष्ठ रहेको सैन्य सम्बन्धलाई प्रोत्साहित गर्न नयाँ समझदारी पत्रमा हस्ताक्षर भएको पाकिस्तानी संचारमाध्यमलाई उदृत गर्दै द हिन्दुले जनाएको छ।

सोमबार चीनका रक्षामन्त्री तथा चिनियाँ जनमुक्ति सेनाका जेनरल वे फेङ्ही र पाकिस्तानका सेना प्रमुख क्यामर जावेद बजवाले पाकिस्तानी सेनाको मुख्यालयमा आयोजिन कार्यक्रममा सैन्य सम्झौतामा हस्ताक्षर गरेका हुन्।

दुबै पक्षले आपसी हित, क्षेत्रीय सुरक्षा र बृहत्तर द्विपक्षीय रक्षा सहयोगका विषयमा छलफल गरेको पनि बताइएको छ।

हाल चीन र पाकिस्तान दुवैसँग भारतको विवाद छ। भारत र चीनबीचको सीमा विवाद यतिबेला उत्कर्षमा छ।

विवादित गलवान उपत्यकाको विषयमा गत जुन महिनामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु नै भएको थियो। अहिले लद्दाखको सीमामा दुवै देशका सेनाहरु असहज परिस्थिती निम्तने आशंकामा हतियारसहित तयार भएर बसेका छन्।

यस्तै भारतले पाकिस्तानलाई आतंकवादी संगठनलाई प्रयोजन गरेको आरोप लगाउँदै आएको छ। जम्मु कस्मिरमा हुने हरेक अतिवादी आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय दाबी छ।

यसबीचमा भारतसँग विवादमा रहेका चीन र पाकिस्तानले सैन्य सम्झौता गरेका हुन्। सोमबार दुवै देशले आफ्नो सम्बन्ध र भातृत्वको भावना जस्तो जटिल परिस्थितीमा पनि नटुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .