ad ad

समाज


काठमाडौं महानगरका घरघरमै गएर स्वाव संकलन

काठमाडौं महानगरका घरघरमै गएर स्वाव संकलन

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ८:४२,

काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको छ।

उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको हो।

कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकहरुको स्वाव संलकन महानगरले गरिरहेको छ।

महानगरले कन्ट्याक ट्रसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका जेष्ठ नागरिक र असहायहरुको स्वाव संकलन गरिरहेको महानगरको स्वाव संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताए।

महानगरले मोबाइल भ्यान मार्फत स्वाव संलकन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाउने गरेको पनि उनले बताए।
११ नम्बर वडाका सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरुमा ट्रेसिङमा परेका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयनमा स्वा संलकन भइरहेको बताए।

उनले संक्रमणको दर बढिरहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरुलाई आग्रह गरेका छन्।

काठमाडौंमा दिनदिनै संक्रमितहरुको संख्या बढीरहेकाले महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाव संकलनलाई तिव्रता दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .