राजनीति


सर्लाही घटना छनबिन नभएसम्म संसद चल्न नदिने राजपाको निर्णय

सर्लाही घटना छनबिन नभएसम्म संसद चल्न नदिने राजपाको निर्णय

नेपालखबर
साउन १४, २०७६ मंगलबार १२:५१,

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिएको छ।

राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना नागरिकको ज्यान गएको घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्नुपर्ने कांग्रेससहितको माग सम्बोधन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान प्रष्टयाएको हो।

बैठकले कैलालीको टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न गठित गिरिशचन्द्रलाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धी विधेयक फिर्ता लिन पनि सरकारलाई निरन्तर दवाव दिने निर्णय गरेको पनि पार्टीका नेता अनिलकुमार झाले जानकारी दिए। बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सरकार जिम्मेवार नदेखिएको दाबी गर्दै आक्रोश पनि व्यक्त गरेको छ।

बैठकमा समाजवादी पार्टी, नेपालसँगको पार्टी एकताका लागि वार्ता प्रक्रिया अघि बढन नसकेको निष्कर्ष निकाल्दै पार्टीको महाधिवेशनमा केन्द्रित भएर अघि बढ्ने विषयमा पनि नेताहरुबीच छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad