ग्लोबल आईएमई बैंकको मंगलबार आयोजित विशेष साधारणसभाले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको छ। साधारणसभाले फाइनान्सलाई प्राप्ति गर्नेसम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको हो।
साधारणसभाले त्यसका लागि मूल्यांकनकर्ताले गर्ने प्राप्तिपछि आउने सम्पत्ति, दायित्व तथा कारोबार प्रतिवेदन (डीडीए)को आधारमा निर्धारित सेयर स्वाप रेसियो पनि स्वीकृत गरेको बैंकले जनाएको छ। जसअनुसार फाइनान्सको सय कित्ता सेयरलाई ग्लोबल आईएमई बैंकको ४२ कित्ता सेयर प्रदान गरिनेछ।
प्राप्तिसँगै बैंकको चुक्ता पुँजी करिब साढे १० अर्ब पुग्ने बताइएको छ। त्यस्तै १ सय ४१ वटा शाखा सञ्जाल, १ खर्ब २५ अर्बको निक्षेप तथा १ खर्ब १४ अर्बको कर्जा पुग्नेछ। ग्लोबलले यसअघि नै जनता बैंक नेपालसँग मर्जर प्रक्रिया अगाडि बढाइसकेको छ।

प्रतिक्रिया