राजनीति


नेपाल एशियामै भ्रष्टाचारमा पहिलो भन्ने ट्रान्सपरेन्सीको विज्ञप्ति पूर्वाग्रहीः सरकार

नेपाल एशियामै भ्रष्टाचारमा पहिलो भन्ने ट्रान्सपरेन्सीको विज्ञप्ति पूर्वाग्रहीः सरकार

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ११:१२,

सरकारले ‘नेपाल भ्रष्टाचारमा एशियामै पहिलो’ भन्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको विज्ञप्तिलाई ‘पूर्वाग्रही’ ठहर गरेको छ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित प्रेस ब्रिफ्रिङका क्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सो प्रतिवेदन तथ्यमा आधारित नभइ पूर्वाग्रही भएर आएको बताए।

उनले सन् २०१८ को ट्रान्सपेरन्सीकै प्रतिवेदनले नेपाल १२४ औं स्थानमा रहेका देखाएको र अर्को वर्ष ११ स्थान माथि उक्लँदै ११३ औँ स्थानमा रहेका देखाएको बताए। उनले सरकार भ्रष्टाचार निवारणमा सरकार लागिरहेको भन्दै एक वर्षमै नेपालमा यति धेरै भ्रष्टाचार भयो भन्ने कुरा आफैँमा विवादित भएको बताए।

नेपालमा सरकार विरोधी अभियान चलिरहेको र त्यसैका लागि यो प्रतिवेदन प्रचार सामग्रीका रुपमा आएको तथ्यहिन भएको बताए।

उनले सो प्रतिवेदनलाई अस्वीकार गर्ने भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख सरकारप्रति पूर्वाग्रही ब्यक्ति भएकोले यस्तो प्रतिवेदन आएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .