ad ad

समाज


जम्मु–कस्मिरमा शंकास्पद रुपमा देखा परेको ड्रोन फेरि फर्कियो पाकिस्तान!

जम्मु–कस्मिरमा शंकास्पद रुपमा देखा परेको ड्रोन फेरि फर्कियो पाकिस्तान!

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ११:२०,

आरएस पुरा सेक्टरमा देखा परेको ड्रोन केहीबेर देखा परेपछि पाकिस्तानी भूमिमा फर्किएको आतइबार भारतीय अधिकारीहरुले जनाएका छन्।

भारतीय सीमा सुरक्षा बलले उक्त ड्रोनलाई खसाउन गोली चलाएका थिए। गोली चलाउन थालेपछि ड्रोन भागेको जनाइएको छ।

गत नोभेम्बर २० र २१ मा समेत मेन्धर सेक्टरमा ड्रोनहरु देखा परेको जनाइएको छ। त्यसयता त्यहाँ सीमा सुरक्षा बलले निगरानी बढाएका थिए।

शनिबार मात्र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेले पाकिस्तान भारतीय भूमिमा आतंकवादी पठाउन व्याकुल भएको आरोप लगाएका थिए।

भारतले जैस–ए मोहम्मद आतंकवादी समूहलाई पाकिस्तानले प्रयोजन गरेको आरोप लगाउँदै आएको छ।

सन् २०१४ मा उक्त समूहले कस्मिरको पुलुवामा जिल्लामा आक्रमण गर्दा ४२ भारतीय सेनाको ज्यान गएको थियो।

हालैका दिनमा पाकिस्तानसँगको सीमामा भारतीय सेनाले सुरुङ्गहरु फेला पारेका छन्। उक्त सुरुङ्ग पाकिस्तानबाट भारतमा आतंकवादी गतिविधि गराउने समूहले बनाएको आशंका गरिएको छ। इकोनोमिक टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .