राजनीति


नेपालले भारतलाई भन्यो : सीमासहितका विषय सुल्झाएर नेपाल–भारत सम्बन्ध अझ सुमधुर बनाउँ

नेपालले भारतलाई भन्यो : सीमासहितका विषय सुल्झाएर नेपाल–भारत सम्बन्ध अझ सुमधुर बनाउँ

मणि दाहाल
मंसिर ११, २०७७ बिहिबार १५:१४,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलासँगको भेटवार्तामा नेपाल भारतबीच रहेका सीमासहितका समस्यालाई समाधान गरेर सम्बन्धलाई अझ सुमधुर बनाउन जोड दिएका छन्।

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव श्रृंगलासँग परराष्ट्रमन्त्री ज्ञवालीले द्विपक्षीय विषयहरुलाई वार्ताकै माध्यमबाट सुल्झाउने र त्यसका लागि उचित बाटो खोजिनु पर्ने बताएका छन्।

यो पनि : प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव श्रृंगलाको भेट

‘भेटवार्ता अत्यन्त सौहार्द्धपूर्ण रुपमा सम्पन्न भयो। हाम्रो सरोकारका सबै विषय राख्यौं। भारतले पनि आफ्नो सरोकारको विषयहरु खुलस्त राखेको छ,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘नेपाल–भारतबीच रहेका नसुल्झिएका सीमासहितका सबै विषयलाई वार्ताको माध्यमबाट समाधान गर्न बाटो पहिल्याउनु पर्ने आवश्यकता रहेको नेपालको धारणा हो। अहिले रहेका विवादका विषयहरुलाई समाधान गरेर दुवै देशबीचको सम्बन्ध अझै बढी हार्दिक र सुमधुर बनाउनु पर्ने दुवै देशको धारणा रह्यो।’

मन्त्री ज्ञवालीले भेटमा सीमा समस्यासहित सबै विषयमा खुलस्त छलफल भएको बताए।

ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुअघि परराष्ट्रसचिव भरतराज पौडेल र भारतीय विदेशसचिव श्रृंगलाको नेतृत्वमा नेपाल र भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय वार्तामा नेपाल र भारतबीचको व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, उर्जा, कृषि, लगानी, संस्कृति र जनस्तरको सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

‘सीमाको विषयमा पनि छलफल हुनुका साथै सीमासम्बन्धी बाँकी रहेको काम पनि सम्पन्न गर्नेबारे आपसी धारणाहरु आदानप्रदान गरिएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा बिहीबार बेलुका जारी विज्ञप्तिमा भनिएको छ।

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवासँग शिष्टाचार भेट समेत गरिसकेका छन्।

श्रृंगलाले नेपाली पक्षसँगका द्विपक्षीय भेटवार्ता अत्यन्त फलदायी भएकाे बताएका थिए।

बिहीबार बिहान १० बजेर ४० मिनेटमा भारतीय वायुसेनाको विशेष विमानबाट नेपाल आएका श्रृंगला दिनभर औपचारिक कार्यक्रममा निकै व्यस्त रहेका थिए।

यो पनि: 
द्विपक्षीय सहकार्यबारे निकै फलदायी कुराकानी भयोः भारतीय विदेशसचिव श्रृंगला (भिडियो)

भारतीय विदेश सचिव भन्छन्- म पहिले नै नेपाल आउन चाहेको थिएँ, कोरोनाका कारण सकिएन (भिडियो)

भारतीय विदेशसचिवले नेपालमा आफ्ना कार्यक्रमबारे यसरी नेपाली भाषामै दिए जानकारी (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .