राजनीति


अमेरिका अलमलिएका बेला जापान र कोरियालाई फकाउँदै चीन

अमेरिका अलमलिएका बेला जापान र कोरियालाई फकाउँदै चीन

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार १५:९,

अमेरिका राष्ट्रपतीय निर्वाचनपछि शक्ति हस्तान्तरणमा अलमलिएका बेला चिनियाँ विदेशमन्त्री वाङ यीले जापान र दक्षिण कोरियाको भ्रमण गरेका छन्।

टोकियो हुँदै सोल पुगेका वाङले समकक्षीहरुका अलावा जापानी प्रधानमन्त्री योसिहिदे सुगा र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग पनि भेटवार्ता गरेका छन्।

नोभेम्बर १५ मा रिजनल कम्प्रिहेन्सिभ इकोनाृमिक पार्टनरसीप (आरसीईपी) मा हस्ताक्षर भएलगत्तै वाङ यी मुलुकको भ्रमणमा पुगेका हुन्। १५ मुलुक सहभागी सो व्यापार सम्झौतामा अमेरिका भने सहभागी भएन।

‘यो संसारमा अमेरिका एउटा देश मात्र छैन,’ सोलमा वाङले भने, ‘विश्वमा करिब १९० मुलुक छन्। ती सबै स्वतन्त्र छन्। चीन र दक्षिण कोरिया पनि तिनैमध्येका हुन्।’

China-Japan.jpgटोकियोमा प्रधानमन्त्री सुगाको साथमा विदेशमन्त्री वाङ

जापान र दक्षिण कोरिया दुवै अमेरिकी सैन्य गठबन्धनमा सहभागी छन्। दुवै मुलुकमा अमेरिकी सेनाको उपस्थिति छ। तर, पछिल्लो समय अमेरिकालाई चीनले शक्तिमा टक्कर दिन थालेसँगै यी दुई मुलुकसँगको चीनले सम्बन्ध बलियो बनाउने प्रयास गरिरहेको छ।

चीनविरुद्ध व्यापार युद्ध थालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजयसँगै चीनको हात माथिबाट पर्ने विश्लेषण गर्न थालिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .