राजनीति


भारतीय विदेशसचिवले नेपालमा आफ्ना कार्यक्रमबारे यसरी नेपाली भाषामै दिए जानकारी (भिडियो)

भारतीय विदेशसचिवले नेपालमा आफ्ना कार्यक्रमबारे यसरी नेपाली भाषामै दिए जानकारी (भिडियो)

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ७:२०,

नेपालको दुई दिने नेपाल भ्रमण बिहीबार काठमाडौं आइपुगेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपालमा आफू सहभागी हुने कार्यक्रमबारे बिहान त्रिभुवन विमानस्थलमा विस्तृत जानकारी दिएका छन्।

नेपालको पाटनमा मावली भएका श्रृंगलाले नेपाली भाषामै सो जानकारी दिएका थिए।

उनले नेपाल आउँदा आफूलाई अत्यन्तै खुशी र रमाइलो लागेको बताए।

उनले आफू पहिले पनि काठमाडौं आएको तर विदेश सचिवको रुपमा पहिलोपटक आएको उनले बताए।

भारत र नेपाल निकटतम मित्र भएको बताउँदै दुई देशबीचको निकट सम्बन्धलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुने उनले बताएका छन्। उनले आज बिहीबार आफू निकै धेरै बैठकहरुमा सहभागी हुने जानकारी दिए।

‘आज पहिले परराष्ट्रसचिवसँग बैठक हुन्छ, त्यसपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यूसँग भेट हुन्छ, अरु उच्चपदस्थहरुसँग पनि भेट हुन्छ,’ उनले भने।

भोली शुक्रबार आफूले एउटा भर्चुअल कार्यक्रममार्फत् भारत–नेपाल मैत्रीबारे प्रवचन दिने र गोरखा जिल्ला पनि जाने कार्यक्रम रहेको उनले जानकारी दिए।

‘गोरखामा ५० हजार घर बनाउने हाम्रो प्रधानमन्त्री मोदीको प्रतिबद्धता छ, ४० हजार घर बनिसकेको छ,’ उनले भने, ‘हाम्रो फोकस शिक्षामा पनि छ, त्यहाँ तीनवटा स्कुल पुर्ननिर्माण गरेका छौं त्यसको भोली उद्घाटन हुन्छ।’

त्यसैगरी मनाङ जिल्लामा एउटा गुम्बा मर्मतसम्भार गरिएको र त्यो पनि शुक्रबार नै उद्घाटन गरिने विदेशसचिव श्रृंगलाले बताए।

भिडियाे: 

यो पनि : भारतीय विदेश सचिव भन्छन्- म पहिले नै नेपाल आउन चाहेको थिएँ, कोरोनाका कारण सकिएन (भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .