राजनीति


भारतीय विदेश सचिव भन्छन् : म पहिले नै नेपाल आउन चाहेको थिएँ, कोरोनाका कारण सकिएन (भिडियो)

भारतीय विदेश सचिव भन्छन् : म पहिले नै नेपाल आउन चाहेको थिएँ, कोरोनाका कारण सकिएन (भिडियो)

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ६:२०,

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफू पहिले नै नेपाल आउन चाहेको तर कोभिडका कारण आउन नसकेको बताएका छन्।

‘म पहिले नै नेपाल आउन चाहेको थिएँ तर कोभिडका कारण आउन सकिएन,’ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘अहिले यहाँ आउन पाउँदा निकै खुशी लागेको छ। हामीबीच अत्यन्त बलियो सम्बन्ध छ। यसलाई कसरी अघि बढाउने भन्नेमै हाम्रो प्रयत्न हुनेछ।’

उनले आफ्नो दुई दिने भ्रमणका क्रममा नेपाल र भारतबीच निकै महत्वपूर्ण बैठकहरु हुने बताएका छन्। ‘म त्यसका लागि उत्साहित छु,’ उनले भने।

श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।

भिडियाे:   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .