राजनीति


कोरोनाको कारण राष्ट्रपति भण्डारी यो वर्ष छठ पर्वका कार्यक्रममा सरिक नहुने

कोरोनाको कारण राष्ट्रपति भण्डारी यो वर्ष छठ पर्वका कार्यक्रममा सरिक नहुने

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १०:५१,

राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष काठमाडौंमा छठपर्वका अवसरमा हुने दर्शनभ्रमण कार्यक्रममा सरिक नहुने भएकी छिन्।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार कोरोनाका कारण उक्त कार्यक्रममा राष्ट्रपति नजाने भएकी हुन्।

कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यू छठपर्वको अवसरमा गुह्येश्वरी–गौरीघाट र कमलपोखरी, काठमाडौंमा दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकामा यसपटक विश्व महामारी कोरोनाको कारण उक्त कार्यक्रमहरुमा सरिक हुन नसक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad