समाज


स‌खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय पारियो

स‌खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय पारियो

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १०:५६,

स‌खुवासभाको पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ।

वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सखुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए।

बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो। उक्त बेवारिसे बमबिहीबार बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताए।

बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्दका कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ। बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ।

खाँदबारी–वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए।

सखुवासभामा यही मंसिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो। उक्त घटनामा संलग्न भएका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ।

चन्द कार्यकर्ताले पछिल्लो समय संखुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad