अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलका नायब सुब्बा शिव शंकर महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
१० हजार रुपैयाँ घुसहित पक्राउ परेका महतोविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार नासु महतोले फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले सेवाग्राहीबाट १०हजार घुसबापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।
21
Shares

प्रतिक्रिया