राजनीति


ओली रणनीति : नेकपा सचिवालय बैठक बस्नुपर्ने समयमै आज मन्त्रिपरिषद् बैठक

ओली रणनीति : नेकपा सचिवालय बैठक बस्नुपर्ने समयमै आज मन्त्रिपरिषद् बैठक

नेपालखबर
मंसिर ३, २०७७ बुधबार २:४६,

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकका लागि ताेकिएकै समयमा मन्त्रिपरिषद् बैठक राख्ने भएका छन्।

प्रधानमन्त्री ओलीले आज (बुधबार) दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्काे बैठक राख्ने निर्णय गरेको थियाे। 

तर ठीक त्यही दिन र समय प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राख्ने तयारी गरेका हुन्। 

‘नियमित बैठक (मन्त्रिपरिषदको) सोमबार र बिहीबार हुने हो तर आजै दिउँसो १ बजेका लागि बोलाइएको जानकारी आएको छ,’ एक मन्त्रीले भने।

प्रधानमन्त्री ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका छन्।

महासचिव विष्णु पौडेलमार्फत ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालयमा पेस आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गरेका थिए। तर प्रचण्डले सचिवालय बैठक बुधबारै राख्नुपर्ने अडान दोहोर्‍याएका थिए।

त्यसलगत्तै सरकारी निवास (बालुवाटार) मा बसेको प्रधानमन्त्री ओली निकट नेताहरूको बैठकले सचिवालय बैठक तत्काल बस्न नहुने निष्कर्ष निकालेको थियो।

याे पनिप्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad