छापा खबर


ओली-प्रचण्ड आफ्नो अडानमा टसमस भएनन्, नेकपा फुटको संघारमा

ओली-प्रचण्ड आफ्नो अडानमा टसमस भएनन्, नेकपा फुटको संघारमा

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ३:५,

सत्तारूढ दल नेकपाका ‘जोर पाइलट’ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा ‘टसमस’ नहुँदा विवाद झन् कचपल्टिएको छ।

बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालले सहमति नजनाएपछि परिस्थिति थप बिग्रिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

कात्तिक २८ को सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि नेकपा विभाजनको दोसाँधमा उभिएको छ। शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ। कलहले उत्कर्ष रूप लिइरहेको छ।

ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। नत्र बैठकमा बस्नु र प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्छ भन्ने नभएको उनीहरूको भनाइ छ। उक्त प्रस्ताव ‘प्रस्ताव’ नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।

नेकपामा दुई पक्ष आआफ्नै अडानमा रहने र बैठक राख्ने र नराख्नेमै नेताहरू घम्साघम्सी गरेमा पार्टी संकटमा पर्नेछ। सम्भाव्य जोखिम रोक्न पनि उपायको खोजी पहिले गर्नुपर्नेमा कतिपय नेताहरूको तर्क देखिन्छ।

खुमलटारमा उपाध्यक्ष गौतम र वरिष्ठ नेता नेपालसँग भेट गरेपछि साँझ दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन्। भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता बचाएर अगाडि बढ्न सुझाव दिएको स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad