समाज


टिपर दुर्घटना हुँदा चालकको मृत्यु

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
मंसिर ३, २०७७ बुधबार २:४०,

पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।।

दुर्घटनामा टिपर चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका १३ घर भएका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिए।

सामानसहितको टिपर सडकबाट करिब १० मिटर तल खसेको थियोे । घटनाको बारेमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad