हिन्दुस्तान टाइम्सका अनुसार अरब सागरको मालाबर तट नजिकै यी राष्ट्रका नौसेनाले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन्।
चीन र यी चारै देशबीच विवाद भइरहँदा सैन्य अभ्यास हुन लागेको हो। मंगलबारदेखि यो हप्ताको शुक्रबारसम्म हुन लागेको युद्ध अभ्यासमा अमेरिका र भारतका विमानवाहक युद्धपोत पनि समावेश हुनेछन्।
चीन र यी चार देशबीच हाल सम्बन्ध राम्रो छैन। भारत र चीन प्रत्यक्ष रुपमा सीमा विवादमा होमिएका छन्।
त्यस्तै दक्षिण चीन सागरको दाबी गर्ने चीनको अमेरिका, जापान र अस्ट्रेलियाले आलोचना गरिरहेका छन्।
क्वाड समूहलाई चीनले आफूविरुद्धको मोर्चाको रुपमा व्याख्या गरेको छ। दक्षिण चीन सागरको दाबीकर्ता नभएकाले चीनले यी देशलाई हस्तक्षेप नगर्न चेतावनी दिइरहँदा यी देशले भने चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएको छ।
अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक भनेको छ। चीनसँग अन्य केही देशले पनि दक्षिण चीन सागर आफ्नो भएको बताउँदै आएका छन्।
प्रतिक्रिया