राजनीति


ट्रम्पले अब हार स्वीकार गरेका हुन्? भने: सन् २०२४ को राष्ट्रपति चुनावमा पनि मै उठ्छु

ट्रम्पले अब हार स्वीकार गरेका हुन्? भने: सन् २०२४ को राष्ट्रपति चुनावमा पनि मै उठ्छु

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ३:५३,

अमेरिकामा सन् २०२० को राष्ट्रपति निर्वाचन भइसकेको छ। जसमा औपचारिक घोषणा गर्न बाँकी भए पनि डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भइसकेका छन्।

तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै आफ्नो हार स्वीकार गरिसकेका छैनन्। चुनावमा धाँधली भएको छ भनेर कानुनी लडाइँ लडेर छानबिन गर्ने चेतावनी दिइरहेका छन्।

तर यसैबीच अको खबर पनि सार्वजनिक भएको छ। अब ४ वर्षपछि अर्थात् सन् २०२४ मा हुने अर्काे राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट ट्रम्पलाई नै उम्मेदवार बनाउने कुरा चर्चामा आएको हो।

कारण स्पष्ट छ– त्यस पार्टीमा ट्रम्पभन्दा शक्तिशाली र लोकप्रिय नेता अरू छैनन्। अर्काे चुनावसम्म ट्रम्पको उमेर ७८ वर्ष हुनेछ।

ट्रम्प आफैंले भने: अर्को चुनावमा पनि मै उठ्छु
एक्सिस र वासिङ्टन पोस्टले हालै दुई रिपोर्ट प्रकाशन गरेका छन्। जसमा भनिएको छ- ट्रम्पले आफ्ना निकट व्यक्तिहरूसँग सन् २०२४ मा राष्ट्रपति चुनावमा पनि आफू नै उठ्ने बताइसकेका छन्।’

सीएनएनको एक रिपोर्टअनुसार पार्टीमा ट्रम्पको पकड बलियो छ। 

अमेरिकाका हरेक ४ वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad