प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचपन्ने जवाफ फर्काएका छन्।
नेकपा सचिवालयका एक सदस्यले नेपालखबरलाई दिएको जानकारीअनुसार प्रचण्डसहित पाँच सचिवालय सदस्यले केही दिनअघि सचिवालय बैठक बोलाउन अनुरोध गर्दै बुझाएको दुईपन्ने पत्रको जवाफ अध्यक्ष ओलीले बिहीबार पाँच पन्नामा लेखेर प्रचण्डलाई फर्काएका हुन्।
‘दुईपन्ने पत्रको जवाफ अध्यक्ष ओलीले पाँच पन्नामा लेखेर प्रचण्डलाई पठाएका हुन्,’ ती सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘त्यसको सार गुटबन्दी मैले होइन, तपाईंहरूले गरिरहनुभएकाे छ भन्ने छ।’
एक महिना ८ दिनपछि शुक्रबार दिउँसाे ४ बजे नेकपाको सचिवालय बैठक बस्दै छ। त्यसअघि ओलीले प्रचण्डलाई लिखित जवाफ फर्काएका हुन्।
याे पनि : ओली र प्रचण्ड–नेपाल फेरि आमने सामने

प्रतिक्रिया