राजनीति


जनमोर्चा अध्यक्ष केसीको स्वास्थ्य अवस्था गम्भीर, सहयोग गर्न पार्टीको आग्रह

जनमोर्चा अध्यक्ष केसीको स्वास्थ्य अवस्था गम्भीर, सहयोग गर्न पार्टीको आग्रह

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १६:४४,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

कोरोना पुष्टि भएपछि मंगलबार मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको जनमोर्चाले जनाएको छ।

जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च पार्टी र शुभचिन्तकबाट व्यहोर्ने निर्णय गरेको जानकारी दिएका छन्।

निमोनियाले ग्रस्त केसीलाई लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले उपचारका लागि आर्थिक सहयोग जुटाउने निर्णय पार्टीले गरेको छ।

यसका लागि राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता नम्बर १४२०००४१७३०१ मा सहयोग जनमोर्चाको आग्रह छ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त हुनुभएको छ। उहाँको स्वाब परीक्षण गर्दा हिजो कोरोना पोजिटिभ पनि देखिएको छ। उहाँलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु थिए। अहिले उहाँको मेडिसिटी अस्पतालमा आइसोलेशनमा उपचार भइराखेको छ। स्वास्थ्य स्थिति गम्भीर छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .