काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयको बैठकले जनसंघर्षमा जाने निर्णय गरेको छ।
मंगलबार सेबो अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीको बैठक बसेको छ। बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भाबी कार्यक्रमबारे छलफल गरेको राप्रपाले जनाएको छ।
कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने बारे समेत छलफल भएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
बैठकले स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने निर्णय गरेको उनले बताए।

प्रतिक्रिया