यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला हुने भएको छ।
राट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशिल ज्ञवालीले बालगोपालेश्वर मन्दिर सर्वसाधारणलाई प्रवेश खुल्ला गरिने जनाएका छन्।
यसको व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग छलफल गरेको सीईओ ज्ञवालीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुले भाइटिका लगाउने परम्परा रहेको छ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर हालै पुनर्निर्माण सम्पन्न भएको हो।

प्रतिक्रिया