राजनीति


दुई दिनकाे सीमा पनि घर्केपछि प्रचण्ड–नेपालपक्षीय नेताहरु जुटे छलफलमा

दुई दिनकाे सीमा पनि घर्केपछि प्रचण्ड–नेपालपक्षीय नेताहरु जुटे छलफलमा

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १२:१९,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठक राख्न दबाब दिनेबारे आपसी छलफल गरेका छन्।

अध्यक्ष ओलीसँग तत्काल पार्टी कमिटीको बैठक बोलाउन माग गर्दै आइतबार प्रचण्डसहितका पाँच शीर्ष नेताले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका थिए।

सोहि पक्षका नेताहरुले सोमबार साँझ आपसी छलफल गरेका हुन्।

दुई दिनभित्र पार्टी बैठक बोलाउन माग गर्दै शनिबार उनीहरुले पत्र बुझाएका थिए।

सो समयसीमा पनि सकिएपछि आगामी रणनीति बनाउनको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु खुमलटारमा छलफलमा जुटेका हुन्। उनीहरुबीच लामै छलफल भएको स्रोतले जनाएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानको लागि तत्काल बैठक बोलाउन माग गर्दै बहुमत सचिवालय सदस्यले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पृष्ठ लामो पत्र बुझाएका थिए।

एक नेताका अनुसार पत्रमा दुई दिनभित्र बैठक बोलाउनु पर्ने कुरा उल्लेख नगरी तत्काल भन्ने शब्द राखिएको छ तर नेताहरुबीच मौखिक रुपमा दुई दिनभित्र बैठक बोलाउन आग्रह गरिएको थियो।

यसैबीच सोमबार विहान महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका थिए।

स्रोतका अनुसार महासचिव पौडेलले बिहान ल्याएको प्रधानमन्त्री ओलीको सन्देशबारे पनि प्रचण्डले अन्य नेताहरुलाई जानकारी गराएका छन्।

पार्टीभित्र संकटमा परेका ओलीले आइतबार वरिष्ठ नेता नेपालसहित स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका थिए।

यो पनिः

प्रचण्ड-नेपाल पक्ष भन्छः बैठक राख्न नमाने ओलीले संसदीय दलमा बहुमत सिद्ध गर्नुपर्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad