समाज


आफ्नो खोपले ९० प्रतिशतलाई कोरोनाबाट जोगाउने अमेरिकी र जर्मन कम्पनीको दाबी

आफ्नो खोपले ९० प्रतिशतलाई कोरोनाबाट जोगाउने अमेरिकी र जर्मन कम्पनीको दाबी

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १२:२७,

अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपले ९० प्रतिशतभन्दा बढीलाई कोभिड–१९ लाग्नबाट जोगाउने ती कम्पनीले बताएका छन्।

अन्तिम चरणको परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यी कम्पनीले आफ्नो खोप भरपर्दो भएको बताएका हुन्। हाल करिब एक दर्जन खोप अन्तिम चरणको परीक्षणमा छन्।

यो खोपको दुई डोज तीन हप्ताको अन्तरमा लगाउनुपर्ने ती कम्पनीले जनाएका छन्। दोस्रो खोप लगाएको एक सातापछि यसले कोरोना संक्रमण हुन नदिने कम्पनीको भनाइ छ।
खोपको प्रभावकारिता ९० प्रतिशत रहेको उनीहरुको भनाइ छ।

यी कम्पनीको खोप ६ मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिएको छ। तीमध्ये कोरोना संक्रमित भएका ९४ जनाको तथ्यांक अध्ययन गरिएको थियो।

खोपको आपतकालीन पयोग अनुमतिका लागि यही महिनाको अन्त्यमा आवेदन दिने ती कम्पनीले जनाएका छन्।

यी कम्पनीले २०२० को अन्त्यसम्ममा ५ करोड डोज खोप उपलब्ध गराउन सक्ने दाबी पनि गरेका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad