राजनीति


अमेरिकी निर्वाचनः बधाई दिन आधिकारिक नतिजा पर्खँदै रुसी राष्ट्रपति पुटिन

अमेरिकी निर्वाचनः बधाई दिन आधिकारिक नतिजा पर्खँदै रुसी राष्ट्रपति पुटिन

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १०:४७,

राष्ट्रपति बन्न चाहिने २७० इलेक्टोरल मतभन्दा बढी मत बाइडेनले प्राप्त गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

यसबीचमा बाइडेनलाई विश्वभरका नेताहरुले बधाई दिइरहेका छन्। तर रुसका राष्ट्रपति भ्लादमिर पुटिनले भने हालसम्म बाइडेनलाई बधाई दिएका छैनन्।

रुसी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पुटिन अमेरिकी निर्वाचनमा को विजयी भए भन्ने बारे अधिकारिक नतिजा पर्खिरहेका छन्।

आधिकारिक नतिजा घोषणा हुनासाथ पुटिनले विजेतालाई बधाई दिने बताइएको छ। रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार भनेका छन्,‘हामी अन्तिम नतिजा घोषणा भएपछि बधाई दिन उत्तम ठान्दछौं। राष्ट्रपति पुटिनले अमेरिकी जनताको चाहनाको सम्मान गर्ने बताउनु भएको छ। जो राष्ट्रपति बनेपनि हामी सहकार्य गर्न तयार छौं।’

रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको र बाइडेनले झेल गरेर चुनाव जितेको आरोप लगाइरहेका छन्।

ट्रम्पका वकिलले चुनावमा धाँधली भएको प्रमाण नै भएको बताएका छन्। यस विषयको फैसला गर्न अदालतमा जाने ट्रम्पको टोलीको भनाइ छ। सीजीटीएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad