अमेरिकामा राष्ट्रपति चुनावकाे मत गणना जारी रहेका बेला एक प्रत्यासी डोनाल्ड ट्रम्प निकै निराश देखिएका छन्।
किनकि टेलिभिजन तथा सडकमा उनका सहयोगी र समर्थक धेरै कम मात्र देखिएका छन्।
यो जानकारी ट्रम्पका एकदमै नजिकका एक व्यक्तिले त्यहाँको टीभी च्यानल सीबीएस न्युजलाई दिएका हुन्।
स्रोतले सीबीएसलाई बताएअनुसार ट्रम्प धेरै दिनदेखि टीभी हेरिरहेका छन्, फोन गरिरहेका छन् र शुक्रबारदेखि उनी कार्यालय र घर ओहोरदोहोर गरिरहेका छन्।
ट्रम्प पक्षले कानुनी लडाइँको कुरालाई जोडतोडसाथ उठाइरहेको छ तर यसको कुनै स्पष्ट रणनीति देखिएको छैन।
केही सहयोगी यी सबै कुरा केही महिना अघिदेखि नै विचार गर्नुपर्ने बताउँछन्। तर कसैले पनि ट्रम्पसँग यस्ता कुरा गर्न चाहेनन्।
जहाँसम्म कानुनी कदमको कुरा छ, जबसम्म ठूला राज्यको नतिजामा कुनै महत्वपूर्ण उपलब्धि प्राप्त हुँदैन, तबसम्म पेन्सभेनियामा आएर सबै कुरा रोकिन्छ।
मतको अन्तर कम भयो भनेचाहिँ सर्वाेच्च अदालतले ट्रम्पलाई एउटा महत्वपूर्ण मद्दत गर्न सक्छ। तर भोटको अन्तर फराकिलो भयो र बाइडेनका पक्षमा गयो भने पेन्सभेनियाले पनि ट्रम्पलाई सहयोग गर्न सक्दैन।
ट्रम्पको कानुनी टोलीले यी सबै पक्षमा ध्यान केन्द्रित गरिरहेकाे बीबीसीले जनाएकाे छ।
याे पनि :
पेन्सभेनियामा ट्रम्पभन्दा बाइडेन २० हजार मतले अगाडि, जिते भने राष्ट्रपति हुने पक्का

प्रतिक्रिया